विदेश पढ्न जाने विद्यार्थीहरुका लागि मुक्तिनाथ विकास बैंकको सेवा, भिसा शुल्कदेखि पीटीई शुल्कसम्म भुक्तानी गर्न सकिने
काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमिटेडले विदेशमा अध्ययनका लागि जाने बिद्यार्थीहरुले भुक्तानी गर्नुपर्ने भिसा तथा शैक्षिक शुल्कहरु मुक्तिनाथ विकास बैंकबाट गर्न सकिने सेवाको सुरुवात गरेको छ । एक्सपर्ट एजुकेसन तथा भिसा सर्झिस प्रालि महाराजगंज र मुक्तिनाथ विकास बैंकबीच एक सम्झौता गरी शैक्षिक शूल्क भुक्तानी सम्बन्धी कार्यको सुरुवात गरेको हो ।

