नवील बैंकले बढायो लाभांश क्षमता र इपीएस, अन्य मुख्य सूचकमा पनि ग्रोथ
काठमाण्डौ । प्रतिकूल समयका बाबजुद नवील बैंकले आफ्नो लाभांश क्षमता बढाएको छ । आर्थिक वर्ष २०८०-८१ मा बैंकले अघिल्लो वर्षको तुलनामा लाभांश क्षमता बढाएर १४.२६ प्रतिशत पुर्याएको हो । अघिल्लो वर्ष बंैकको लाभांश क्षमता ११.७८ प्रतिशत मात्र रहेको थियो । यो बैंकको वितरणयोग्य मुनाफा पनि बढेको छ । अघिल्लो वर्ष ३ अर्ब १८ करोड वितरणयोग्य मुनाफा रहेकोमा बढेर यो वर्ष ३ अर्ब ८५ करोडको...

