वाणिज्य बैंकहरुको नाफामा १५% को गिरावट, कसले आर्जन गरे कति ?
काठमाण्डौ । वाणिज्य बैंकहरुको नाफा १४.९६ प्रतिशतले घटेको छ । सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकको नाफा गत आर्थिक वर्षको तुलनामा झण्डै १५ प्रतिशतले घट्न पुगेको हो । चालु आर्थिक वर्षको १० महिनासम्ममा वाणिज्य बैंकहरुले ४८ अर्ब ६० करोड ६७ लाख रुपैयाँ नाफा कमाएका छन् । यो नाफा गत आर्थिक वर्षको तुलनामा ८ अर्ब ५५ करोड ६३ लाख रुपैयाँ कम हो । गत आवको यसै अवधिसम्म वाणिज्य बैंकहरुले...

