निक्षेप संकलन र कर्जा प्रवाह दुवै बढ्यो, कति छ अन्तर बैंक ब्याजदर ?
काठमाण्डो । बैंकिङ प्रणालीमा देखिएको अधिक तरलता कायमै रहेको छ । जेठ ३१ गतेसम्म बैंकिङ प्रणालीमा ६२ खर्ब ४२ अर्ब रुपैयाँ निक्षेप संकलन रहेको छ । जेठ ३० गतेसम्म भने बैंकिङ प्रणालीमा ६२ खर्ब ३५ अर्ब रुपैयाँ निक्षेप थियो । यसरी एक दिनको अन्तरालमा ७ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ । वाणिज्य बैंकहरुको निक्षेप संकलन ६ अर्ब रुपैयाँले बढेको छ । गत जेठ ३० गते ५५ खर्ब १९ अर्ब रुपैयाँ...

