सुनको मूल्यमा व्यापक गिरावट, प्रतितोला कतिमा भईरहेको छ कारोबार ?
काठमाण्डौ । आज नेपाली बजारमा सुनको मूल्यमा व्यापक गिरावट आएको छ । अघिल्लो दिन स्थिर रहेको सुनको मूल्य आज भने ह्वात्तै घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य २७ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ३४ हजार ५ सय रुपैयाँ कायम भएको छ । त्यस्तै आज तेजावी सुनको मूल्य पनि २७ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ३३ हजार ८५० रुपैयाँ कायम भएको छ ।

