ह्वात्तै बढ्यो सुनको मूल्य, आज पनि बनायो नयाँ रेकर्ड
काठमाण्डौ । आज घरेलु बजारमा सुनको मूल्यले नयाँ रेकर्ड राखेको छ । अघिल्लो दिन प्रतितोला १३ सय रुपैयाँले घटेको सुनको मूल्य आज भने बढेको हो । आज सुनको मूल्य प्रतितोला २९ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोला २९ सय रुपैयाँले बढेदै प्रतितोला १ लाख ३५ हजार ६ सय रुपैयाँ कायम भएको छ । यो मूल्य हालसम्मकै उच्च हो ।

