सुन र चाँदीको मूल्यमा व्यापक गिरावट,कति पुग्यो भाउ ?
काठमाण्डौ । अघिल्लो दिन उछाल आएको सुनको मूल्य आज भने पहिरो गएको छ । पछिल्लो २४ घण्टाको अवधिमा सुनको मूल्यमा व्यापक गिरावट आएको हो । अन्तराष्ट्रिय बजारमा सुनको मूल्य १.२६ प्रतिशत अर्थात प्रतिऔंस २७.६९ डलरले घटेको छ । यो गिरावटसँगै सुनको मूल्य प्रतिऔंस २ हजार १७६.०१ डलरमा झरेको छ । अघिल्लो दिन सुनको मूल्य प्रतिऔंस ४८ डलरले बढ्दै २२ सय डलरसम्म पुगेको थियो ।

