सुनको मूल्य एकैदिन १९ डलरले बढ्यो, कति पुग्यो भाउ ?
काठमाण्डौ । अन्तराष्ट्रिय बजारमा सुनको मूल्य वृद्धि भएको छ । पछिल्लो २४ घण्टाको अवधिमा सुनको मूल्य प्रतिऔंस १९.३२ डलरले बढेको छ । यो समाचार तयार पार्दासम्म अन्तराष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस २ हजार ३८७.८९ डलर कायम भएको छ । सुनसँगै चाँदीको मूल्य पनि वृद्धि भएको छ । चाँदीको मूल्य ०.०५ डलरले बढेर प्रतिऔंस २८.२८ डलर पुगेको छ ।

