सुनको मूल्यमा अचाक्ली वृद्धि, आज पनि प्रतिऔंस २२ डलरले बढ्यो
काठमाण्डौ । अन्तराष्ट्रिय बजारमा सुनको मूल्य वृद्धिले आज पनि निरन्तरता पाएको छ । पछिल्लो २४ घण्टाको अवधिमा सुनको मूल्य १.०६ प्रतिशत अर्थात प्रतिऔंस २२.६३ डलरले बढेको छ । यो वृद्धिसँगै सुनको मूल्य प्रतिऔंस २ हजार १५१.०१ डलर कायम भएको छ ।

