अमेरिकामा ट्वाइलेट पेपरको सङ्कटः २०२० जस्तै अभावको खतरा
काठमाण्डौ । अमेरिकामा ट्वाइलेट पेपरको आपूर्ति सङ्कटको जोखिम बढ्दै गएको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पको नयाँ कर नीतिका कारण आयातमा लाग्ने कर वृद्धि भएपछि ट्वाइलेट पेपरको उत्पादनमा प्रयोग हुने कच्चा पदार्थको आपूर्ति प्रभावित भएको छ। यसले मूल्यवृद्धि र सन् २०२० को महामारीको समयमा जस्तै अभावको स्थिति निम्त्याउने चेतावनी विज्ञहरूले दिएका छन्।

