ट्यारिफ घटाउने सम्झौताको घोषणा गर्दै अमेरिका र बेलायत
काठमाण्डौ । अमेरिका र बेलायतले आज कर घटाउने सम्झौताको घोषणा गर्ने भएका छन् । गत महिना राष्ट्रपति ट्रम्पले विश्वका लगभग सबै देशमा कर लगाएपछि बेलायत सरकारले कर घटाउने सम्झौताको खोजी गरिरहेको थियो । यस्तोमा दुई देशबीच ट्यारिफको विषयमा सम्झौता हुन लागेको हो । आजको अपेक्षित घोषणा बेलायत र भारतले व्यापार सम्झौताको घोषणा गरेको केही दिनपछि आएको हो।

