बिहीबार, बैशाख १०,२०८३ 12:02:48
Bizshala
  • बिहीबार, बैशाख १०,२०८३ 12:02:48
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

अघि बढ्यो एसएमई प्लेटफर्म सञ्चालनको प्रक्रिया,धितोपत्र बोर्डलाई नियमावली बनाउन स्वीकृति

Bizshala
अघि बढ्यो एसएमई प्लेटफर्म सञ्चालनको प्रक्रिया,धितोपत्र बोर्डलाई नियमावली बनाउन स्वीकृति
Shivam Cement

काठमाण्डौ । साना तथा मझौला संगठित संस्था(एसएमई)को धितोपत्र निष्कासन तथा कारोबार नियमावली २०८१ अन्ततः बन्ने भएको छ । पुस ५ गते बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो नियमावली बनाउन नेपाल धितोपत्र बोर्डलाई स्वीकृति दिने निर्णय गरेको हो ।  

एसएमईको नियमावलीको मस्यौदा स्वीकृतिका लागि धितोपत्र बोर्डले डेढ वर्षअघि अर्थ मन्त्रालयमा पेस गरेको थियो । तर नयाँ अध्यक्ष आएपछि अध्यक्ष नै अलमलमा पर्दा र नेप्से तथा अर्थ मन्त्रालयसँग आवश्यक समन्वय नहुँदा प्रस्तावित एसएमई प्लेटफर्म अघि बढ्न सकेको थिएन ।  

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

सेयर बजारमा थोरै कित्ता भएका कम्पनीका सेयरमूल्यमा हुने चलखेल रोक्न नेपाल धितोपत्र बोर्डले विशेष प्लेटफर्मका रुपमा एसएमई इन्डेक्सको अवधारणा ल्याएको हो ।   

अहिले सेयर बजारमा साना–ठूला सबै कम्पनीको कारोबार एउटै प्लेटफर्ममा भइरहेका छन् । तर अब एसएमई इन्डेक्समार्फत साना तथा मझौता कम्पनीको कारोबार हुनेछ ।   

एसएमई प्लेटफर्ममार्फ साना तथा मझौला उद्योगले सरल र सहज तरिकाले आफूलाई आवश्यक पूँजी जुटाउन सक्नेछन् । यसबाट साना तथा मझौला उद्योगको विस्तार र विकासमा सहयोग  पुग्नेछ । यस्ता कम्पनीले प्रिमयिम मूल्यमा समेत आईपीओ जारी गर्न सक्नेछन् ।  

CG Motors
Garima Development Bank
IME remit

मस्यौदाअनुसार एसएमई प्लेटफर्ममा अधिकतम २५ करोड रुपैयाँ चुक्तापूँजी भएका कम्पनी दर्ता हुन सक्नेछन् ।  यस्तै एसएमई कम्पनीले जारीपूँजीको न्यूनतम ३० देखि अधिकतम ४९ प्रतिशतसम्म आइपीओ निष्कासन गर्न सक्नेछन् । 

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.