• बिहीबार, भाद्र २६,२०८२ 02:27:06
Global IME Bank Limited

टायर निर्माता कम्पनी गुडइयरले डनलप ब्राण्डलाई ७०१ मिलियन डलरमा बिक्री गर्ने

Hyundai Nepal
टायर निर्माता कम्पनी गुडइयरले डनलप ब्राण्डलाई ७०१ मिलियन डलरमा बिक्री गर्ने

काठमाण्डौ । अमेरिकी टायर निर्माता कम्पनी गुडइयर टायर एण्ड रबरले आफ्नो ब्राण्ड ‘डनलप’लाई बिक्री गर्ने भएको छ ।  

कम्पनीले डनलप ब्राण्डलाई जापानी कम्पनी सुमीतोमो रबर इन्डस्ट्रिजलाई ७०१ मिलियन डलरमा बिक्री गर्न लागेको हो । यो बिक्रीले डनलप ब्राण्ड र युरोप,उत्तर अमेरिका र ओसिनिया क्षेत्रमा यसको ट्रेडमार्कलाई समेट्नेछ ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

यद्यपी गु्डइयरले कम्तीमा पनि यो वर्षको डिसेम्बर ३१ सम्म युरोपमा डनलप ब्राण्डको टायर बिक्रीलाई जारी राख्ने जनाएको छ । यसका लागि कम्पनीले सुमितोमो रबरलाई रोयल्टी तिर्ने जनाएको छ ।  

त्यपश्चात गुडइयरले युरोपमा सुमितोमोलाई केही सिमित ब्राण्डका डनलप ब्राण्डका टायर ५ वर्षसम्मका लागि आपूर्ति गर्नेछ ।  

यस्तै कम्पनीले युरोपमा ट्रक टायरका लागि लामो समयसम्मका लाईसेन्स फिर्ता लिने र बिक्रीमा जापानी कम्पनी सुमितोमोलाई रोयल्टी तिर्ने जनाएको छ । सन् २०२३ मा गुडइयरले खर्च कटौतीको योजना सार्वजनिक गर्दै आफ्नो व्यवसायको पोर्टफोलियो घटाउने घोषणा गरेको थियो ।  

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.