• बिहीबार, भाद्र २६,२०८२ 02:27:05
Global IME Bank Limited

‘भारत मोबिलिटी ग्लोबल एक्स्पो’ सुरु, मारुती सुजुकीको पहिलो ईभी कार लञ्च

Hyundai Nepal
‘भारत मोबिलिटी ग्लोबल एक्स्पो’ सुरु, मारुती सुजुकीको पहिलो ईभी कार लञ्च

काठमाण्डौ । ‘भारत मोबिलिटी ग्लोबल एक्स्पो २०२५’ आजबाट सुरु भएको छ । भारतको सबैभन्दा ठूलो अटो शोको रुपमा हेरिएको यो एक्स्पो जनवरी २२ सम्म चल्नेछ । यो एक्स्पोको उद्घाटन भारतीय प्रधानमन्त्री नरेन्द मोदीले गरेका हुन् ।  

यो  एक्स्पोमा हालै विकास भएका ईभी, कन्सेप्ट सवारी साधन र उत्पादनका लागि तयार भएका मोडलहरु प्रदर्शनमा राखिएका छन् । यो एक्स्पो नयाँ दिल्लीको भारत मंडापम, द्धारिकाको यशोभूमी सम्मेलन केन्द्र र ग्रेटर नोयडामा रहेको इण्डिया एक्स्पो सेन्टर गरी विभिन्न तीनवटा भेन्युमा आयोजना गरिएको छ ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

मुख्य केन्द्र भारत मंडापममा आयोजना भएको अटो एक्स्पो मोटर शोमा टायर शो,ब्याट्री शो, मोबिलिटी टेक,स्टिल इनोभेसन र इण्डिया साइकल शो आयोजना हुनेछ ।  

यस्तै यशोभूमि सम्मेलन केन्द्रमा जनवरी १८ देखि २१ सम्म अटो सामाग्रीहरुको शो आयोजना हुनेछ । यस्तै ग्रेटर नोयडामा जनवरी १९ देखि २२ सम्म भारत कन्स्ट्रक्सन इक्युप्मेन्ट एक्स्पो र उर्बान मोबिलिटी एण्ड इन्फ्रास्ट्रक्चर शो आयोजना हुनेछ ।  

भारत मोबिलिटी ग्लोबल एक्स्पोको टिकट निःशुल्क गरिएको छ । इभेन्ट भेन्युमा सहज यातायातको व्यवस्था गरिएको छ ।  

एक्स्पोको पहिलो दिन आज मारुती सुजुकीले आफ्नो पहिलो ईभी कार,‘भिटारा’ सार्वजनिक गरेको छ । कम्पनीका अनुसार यो कार फुल चार्जमा ५ सय किलोमिटरभन्दा बढी कुद्नेछ ।  

यस्तै सुजुकीले आफ्नो पहिलो ईभी स्कुटर, ‘ई–एक्सेस’ सार्वजनिक गरेको छ । कम्पनीका अनुसार यो स्कुटर फु,ल चार्जमा ९५ किलोमिटर सम्म कुद्न सक्छ । यसको सुरुवाती मूल्य ८१ हजार ७ सय भारु तोकिएको छ ।  

एक्स्पो २०२५ मा पहिलोपटक ३४ वटा अटोमोबाइल कम्पनीहरु समावेश भएका छन् । सन् १९८६ मा आयोजित अटो एक्स्पोको पहिलो संस्करणपश्चात यो संख्या सबैभन्दा धेरै हो ।  

एक्स्पोमा मारुती सुजुकी,हुन्डाई,मर्सिडिज,बीएमडब्लु,बीवाईडी जस्ता पनाम चलेका कम्पनीहरुले आफ्नो नयाँ र चर्चित मोडलहरु शोकेश गर्नेछन् । यो भारतको मोबिलिटीको दोस्रो र अटो एक्स्पो मोटर शोको १७ औं संस्करण हो ।  

यो एक्स्पोमा विशेष गरेर ईभी गाडीहरुलाई केन्द्रित गरिने जनाएको छ । यसमा मारुती सुजुकीको ई–भिटारा,हुन्डाईको क्रेटा ईभी,एमजीको साइब्सटर र एम९,कियाको ईभी ६ फेसलिफ्ट र सिरोस, स्कोडाको एन्याक र एलरोल र टाटा मोटर्सको ह्यारियर ईभी र सियरा ईभी पेश गरिनेछ ।  

यसका साथै भारतमा पहिलोपटक सोलार कार ईवा र सररला एभियसनको फ्लाइङ ट्याक्सी पनि पेश गरिनेछ । एक्स्पोमा ५ लाख भन्दा बढीले अवलोकन गर्ने जनाइएको छ ।  

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.