आईतवार, असार १,२०८२ 10:12:51
  • आईतवार, असार १,२०८२ 10:12:51
Global IME Bank Limited

सनसिल्कले गर्यो ‘सनसिल्क भाइब्स’ सिजन ४ का विजेताहरुको घोषणा

Hyundai Nepal
सनसिल्कले गर्यो ‘सनसिल्क भाइब्स’ सिजन ४ का विजेताहरुको घोषणा
Nabil Bank Limited

काठमाण्डौ । युनिलिभरको ब्राण्ड ‘सनसिल्क दशैं भाइब्स’अभियानको तीन वर्षको लगातार सफलतापछि सनसिल्कले आफ्नो यस पहललाई नयाँ उचाइमा लगेको छ । यस वर्ष, अभियानलाई ‘सनसिल्क भाइब्स’को रूपमा पुनः परिकल्पना गरी चाडपर्वको सिजन मात्र नभई दैनिक जीवनको सार मनाउनको लागि पहुँच हुने गरी यसको दायरालाई  फराकिलो पारेको छ । नयाँ थिमलाइन, ‘माई हेयेर, माई भाइब्स’ ले सहभागीहरूलाई आफ्नो कपालले जीवनमा खल्ने महत्वपूर्ण भूमिकालाई क्याप्चर गर्न प्रोत्साहित गरेको छ ।

यो वर्ष, नेपालभरीका सहभागीहरूले आफ्ना सनसिल्क भाइब्स सामाजिक सञ्जालमा सेयर गरे । जसले उनीहरूको प्लेफुल, स्लीक, फेस्टिभ र बोल्ड हेयरस्टाइलहरू देखाएको थियो । प्रत्येक पोस्ट व्यक्तित्वको प्रतिबिम्ब थियो । जसले दैनिकपलहरूमा रहेको उमङ्ग बाहिर ल्याउन मद्दत ग¥यो । साउन्ड ट्रयाकको रूपमा एक आकर्षक ‘सनसिल्क भाइब्स’गानको साथ सहभागीहरूले आफ्नो कपालको स्टाइल मात्र होइन आफ्नो व्यक्तिगत कथाहरूको प्रदर्शन पनि गरे ।

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यो अभियान माघ ४, २०८१ मा यस वर्षको सनसिल्कग्याङ अफ गल्र्सको घोषणासँगै समापन भयो । जसको विजेताहरू आकृति अर्याल, मनीषा लामा, र सुहाना ठाकुर आफ्नो युनिक स्टाइल र सृजनात्मकताका साथ अरू भन्दा अघि पुगेका थिए । प्रत्येक विजेताले रू १ लाख प्राप्त गरे र ब्रान्डको प्रतिनिधित्व गर्न सनसिल्क एम्बेसेडर प्रिज्मा र प्रिन्सीसँग सामेल हुने मौका पाएका थिए ।  

यस वर्षको सनसिल्क भाइब्स अभियानले विभिन्न प्लेटफर्महरूमा २२.९ मिलियन भ्यूजहरू उत्पन्न गर्दै नयाँ उचाइ िलएको कम्पनीले जनाएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.