IME remit
  • बुधबार, कार्तिक १२,२०८२ 02:59:08
IME remit
Global IME Bank Limited

नेपाल रिपब्लिक मिडिया रु.५८ लाख बढी घाटामा, कुन सूचकको अवस्था कस्तो ?

Hyundai Nepal
नेपाल रिपब्लिक मिडिया रु.५८ लाख बढी घाटामा, कुन सूचकको अवस्था कस्तो ?
Shivam Cement

काठमाण्डौ । नेपाल रिपब्लिक मिडिया लिमिटेड ५८ लाख ५ हजार रुपैयाँ घाटामा रहेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आवको दोस्रो त्रैमाससम्मको वित्तीय विवरणमा यस्तो देखिएको हो ।  

अघिल्लो.आवमा पनि कम्पनी ४२ लाख ६४ हजार रुपैयाँ घाटामा थियो ।  

Laxmi Sunrise Bank Limited
Bizshala
Shivam Cement

दोस्रो त्रैमाससम्म कम्पनीले ८ करोड ३० लाख रुपैयाँ आम्दानी गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा १.५७ प्रतिशतले बढी हो । अघिल्लो आवमा कम्पनीले ८ करोड १७ लाख रुपैयाँ आर्जन गरेको थियो । यस्तै कम्पनीले १ करोड ५८ लाख रुपैयाँबराबरको अन्य आम्दानी गरेको छ ।

कम्पनीको प्रशासनिक खर्च २ करोड ८७ लाख, र बिक्री तथा वितरण खर्च ८९ लाख ३९  हजार रुपैयाँ रहेको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

कम्पनीको रिटेन्ड अर्निङ ५१ करोड ३३ लाख रुपैयाँले ऋणात्मक रहेको छ । कम्पनीको अल्पकालिन कर्जा १९ करोड ५८ लाख र दीर्घकालिन कर्जा ८ करोड ७८ लाख रुपैयाँ रहेको छ । कम्पनीको कुल चालु सम्पत्ति ५५ करोड ५३ लाख र कुल चालु दायित्व ३२ करोड ४८ लाख रुपैयाँ छ ।  

कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)१.२ रुपैयाँ ऋणात्मक, प्रतिसेयर नेटवर्थ ८७.९९ रुपैयाँ प्रतिसेयर कुल सम्पत्तिको मूल्य १३३.२० रुपैयाँ र तरलता अनुपात १.७१ प्रतिशत कायम भएको छ । 

Global IME Bank Limited
Nabil Bank Limited
IME remit
New Office
Mahalaxmi Development Bank
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.