शुक्रबार, बैशाख ११,२०८३ 06:23:19
Bizshala
  • शुक्रबार, बैशाख ११,२०८३ 06:23:19
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

दुई बीमा कम्पनीको लाभांश र एक जलविद्युतको हकप्रद सुरक्षित गर्ने आज अन्तिम अवसर

Bizshala
दुई बीमा कम्पनीको लाभांश र एक जलविद्युतको हकप्रद सुरक्षित गर्ने आज अन्तिम अवसर
Shivam Cement

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत २ वटा बीमा कम्पनीको लाभांश र एउटा जलविद्युत कम्पनीको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । आज हिमालयन एभरेष्ट इन्स्योरेन्स र आइएमई लाइफ इन्स्योरेन्सको लाभांश र दोर्दीखोला जलविद्युत कम्पनीको हकप्रद सुरक्षित गर्ने अन्तिम दिन रहेको हो ।  

यी कम्पनीहरुले लाभांश वितरण तथा हकप्रद निष्कासन प्रयोजनका लागि फागुन १५ गते बुक क्लोज गर्दैछन् । फागुन १४ गते महाशिवरात्रीको सार्वजनिक बिदा परेको छ । यसर्थ आजसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै यी कम्पनीद्वारा प्रस्तावित लाभांश पाउन तथा हकप्रदमा आवेदन दिनका लागि योग्य हुनेछन् ।  

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

हिमालयन एभरेष्ट इन्स्योरेन्सले गत आवका लागि सेयरधनीहरुलाई ८.७५ प्रतिशत  नगद लाभांश(कर समेत) प्रदान गर्ने प्रस्ताव गरेको छ । कम्पनीद्वारा प्रस्तावित लाभांश यही फागुन २७ गते काठमाण्डौको शंखमुलमा रहेको अनमोल ब्याङक्वेटमा बिहान ११ बजेदेखि आयोजना हुने कम्पनीको ३१ औं साधारण सभाबाट पारित गरिनेछ ।  

यस्तै आइएमई लाइफ इन्स्योरेन्सले पनि आव २०८०/८१ को वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापूँजी ५ अर्ब रुपैयाँको २१.०५२६४ प्रतिशत नगद लाभांश प्रदान गर्ने प्रस्ताव गरेको छ । कम्पनीले लाभांश पारितको मुख्य अजेण्डासहित फागुन २५ गते काठमाण्डौको धुम्बाराहीमा रहेको दियो महलमा बिहान ११ बजेदेखि साधारण सभा आयोजना गर्दैछ ।  

CG Motors
Garima Development Bank
IME remit

दोर्दीखोला जलविद्युत कम्पनीले शतप्रतिशत अर्थात हाल कायम चुक्ता पूँजी १ अर्ब ५ करोड ४२ लाख ६० हजार ४ सयको १ः१ अनुपातमा प्रतिसेयर रु.१०० अंकित दरका १ करोड ५ लाख ४२ हजार ६०४ कित्ता हकप्रद साधारण सेयर निष्कासन गर्दैछ । 

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.