• बिहीबार, भाद्र २६,२०८२ 07:12:29
Global IME Bank Limited

सिटी एक्सप्रेसको उपहार हस्तान्तरण कार्यक्रम सम्पन्न, २०८२ सालको क्यालेन्डर पनि सार्वजनिक

Hyundai Nepal
सिटी एक्सप्रेसको उपहार हस्तान्तरण कार्यक्रम सम्पन्न, २०८२ सालको क्यालेन्डर पनि सार्वजनिक

काठमाण्डौ । सिटी एक्सप्रेस मनि ट्रान्सफरले काठमाण्डौ कमलादीस्थित आफ्नै कार्यलय भवनमा ‘१८औं वर्षमा १८ गुणा , परिवारमा खुशी लाखौ गुणा’योजनाको उपहार हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ । कोरियाबाट निराजन ढकालले जि मनिट्रान्समार्फत यहाँ सिटी एक्सप्रेसमा आमा निर्मला तिवारीलाई रेमिटान्स पठाउदा ‘१८ औं वर्षमा १८ गुणा,परिवारमा खुशीलाखौ गुणा’योजनाअन्तर्गत आफुले पठाएको रकमको १८ गुणा गरी रु ७ लाख ५४ हजार ३६२ जित्न सफल भएका थिए र सोही रकम उनकी आमा निर्मला तिवारीलाई हस्तान्तरण गरिएको छ । 

उक्त कार्यक्रममा नेपाली चर्चित हास्य कलाकार साथै सिटी एक्सप्रेस मनि ट्रान्सफरका ब्राण्ड एम्बेसडर जितु नेपालको उपस्थिती रहेको थियो ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

सोही योजनाअन्तर्गत लक्की ड्र मार्फत हरेक महिना २ जनालाई सामसुङको स्मार्ट  फोन,  हरेक हप्ता २ जनालाई सामसुङको स्मार्ट टिभी साथै ९० दिन लगातार हरेक दिन १८ जना विजेताहरुलाई जनही रु ५०० को सिटी पे वालेट टप अप र अन्त्यमा एक जना भाग्यशाली बम्पर बिजेताले आफूले पठाएको रकमको १८ गुणा बढी रकम पाउने योजनामा रहेको थियो । जसअन्तर्गत १ हजार ६२० जनाले दैनिक उपहार ( रु ५०० को वालेट टपअप)  , २४ जनाले साप्ताहिक उपहार (सामसुङको स्मार्ट टिभी ) र ६ जनाले मासिक उपहार (सामसुङको स्मार्ट  फोन ) जित्न सफल भईसकेका छन् ।

सोही कार्यक्रममा सिटी एक्सप्रेस मनि ट्रान्सफरले २०८२ सालको क्यालेन्डर पनि सार्वजनिक गरेको छ । हरेक बर्ष नयाँ–नयाँ विषयवस्तुलाई समावेश गरेर क्यालेन्डर प्रकाशन गर्ने सिटी एक्सप्रेसले यस वर्ष भने आर्थिक सम्वृद्धि बिषय वस्तुमा क्यालेन्डर तयार पारेको छ ।  

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.