शनिबार, बैशाख १३,२०८२ 10:38:04
IME remit
  • शनिबार, बैशाख १३,२०८२ 10:38:04
IME remit
Global IME Bank Limited

युवा उद्यमी मञ्च लुम्बिनी च्याप्टर गठन, ‘सरकार सम्पूर्ण रुपमा उद्यमीहरुको साथमा छ’: अर्थमन्त्री पौडेल

Hyundai Nepal
युवा उद्यमी मञ्च लुम्बिनी च्याप्टर गठन, ‘सरकार सम्पूर्ण रुपमा उद्यमीहरुको साथमा छ’: अर्थमन्त्री पौडेल
Nabil Bank Limited

काठमाण्डौ । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चले लुम्बिनी प्रदेश च्याप्टर गठन गरेको छ । प्रदेश च्याप्टरको आज भैरहवामा आयोजित विशेष समारोहमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले शुभारम्भ गरे । सो अवसरमा उप–प्रधानमन्त्री पौडेलले उत्पादन र उत्पादकत्व बढाउने काममा नेपाल उद्योग परिसंघले महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै सरकारले थप भूमिकाको आशा गरेको बताए ।  

उनले गतिशिल समय र तीब्र प्रतिस्पर्धाको दुनियाँमा समयको गतिलाई बुझ्न, प्रतिस्पर्धामा आफ्नो स्थान सुरक्षित राख्ने गरी अगाडि बढ्न युवा उद्यमीहरुलाई सुझाव दिए । उनले सरकार सम्पूर्ण रुपमा उद्यमीहरुको साथमा रहेको भन्दै देश हामीले बनाउने हो, हामीले बनाउँछौं भन्ने सन्देश युवाहरुमा पुर्याउन उद्यमीहरुलाई आग्रह गरे ।

 

CG Motors
Bizshala
Laxmi Sunrise Bank Limited

अर्थमन्त्री पौडेलले औषत काम गरेर बस्ने सुविधा सरकारलाई नभएको भन्दै सरकारले कानूनमा, नीतिमा सुधार गरेर सुधारको काम गरेको बताए । उनले सरकारले विगतदेखिका समस्या गर्न, निजी क्षेत्रका समस्या समाधान गर्न उच्च प्राथमिकतामा राखेर काम गरिरहेको बताए । हाल सुधार गरिएको कानूनमा सुधार मात्रै रहेको उनले बताए । सुधारको काम, अनुकूल व्यवसायिक वातावरण थप बढाउँदै लैजाने प्रतिबद्धता समेत उनले व्यक्त गरे ।

नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले युवाहरुलाई उद्यमशील बनाउन नीतिबाटै सहजिकरण, प्रोत्साहन गर्न आवश्यक रहेकोमा जोड दिए । देशमा रोजगारी बढाउन, औद्योगिकरणको विकास गर्दै समग्र आर्थिक विकासका लागि युवा उद्यमीहरुलाई प्रोत्साहन, प्रेरणा, हौसला दिन आवश्यक रहेको बताउदै उनले आगामी बजेटले युवालक्षित कार्यक्रम ल्याउन समेत आग्रह गरे । ‘विदेशमा अध्ययन गरेर आफ्नै देशमा केही गर्नुपर्छ भनेर आउने युवाहरुको संख्या ठूलो छ । उनीहरुलाई देशमै उद्यमी बनाउन हौसला प्रदान गर्न आवश्यक छ’ उनले भने, ‘सरकारले आगामी बजेटमार्फत युवाहरुलाई प्रोत्साहन गर्ने नीति लिने विश्वास लिएको छु ।’

उद्योग, वाणिज्य तथाआपूर्ती मन्त्रालयका सचिव कृष्ण बहादुर राउतले कानून संशोधन, स्टार्टअप नीति निर्माणमा परिसंघ र युवा उद्यमी मञ्चले महत्वपूर्ण योगदान गरेको बताए । उनले सरकारले युवाहरुलाई उच्च प्राथमिकतामा राख्दै सोही अनुरुप नीति बनाएको र बनाउने क्रममा रहेको बताए । उनले कम्पनी दर्ता घरमै बसेर गर्न सकिने र प्रविधिको प्रयोगलाई बढावा दिइएकाले युवाहरुलाई देशभित्रै काम गर्न वातावरण सरकारले बनाइरहेको बताए ।

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Global IME Bank Limited
IME remit
Shivam Cement
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.