आईतवार, असार १,२०८२ 10:05:37
  • आईतवार, असार १,२०८२ 10:05:37
Global IME Bank Limited

विश्वव्यापी आर्थिक मन्दीको संकेत ! प्रसिद्ध लेखक रोबर्ट कियोसाकीले दिए चेतावनी

Hyundai Nepal
विश्वव्यापी आर्थिक मन्दीको संकेत ! प्रसिद्ध लेखक रोबर्ट कियोसाकीले दिए चेतावनी
Nabil Bank Limited

काठमाण्डौ । प्रसिद्ध लेखक रोबर्ट कियोसाकीले फेरी पनि विश्वव्यापी आर्थिक मन्दीको चेतावनी दिएका छन् । ‘रिच ड्याड पोअर ड्याड’ पुस्तकका लेखक कियोसाकीले दुनिया पहिले नै मन्दीमा रहेको बताएका छन् ।  

उनले यो कुरा सामाजिक सञ्जाल एक्समार्फत सार्वजनिक गरेका हुन् । सन् २०१२ मा रिच ड्याड्स प्रोफेसी लेखेपछि उनले लगातार मानिसहरुलाई सचेत गराउँदै आएका छन् । उनले शिक्षा हासिल गर्न, समयअनुसार परिवर्तन गर्न  र भ्रामक वित्तीय सल्लाहकारहरुलाई सतर्क रहन समेत सुझाव दिदै आइरहेका छन् ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

कियोसाकीले लेखेका छन्, ‘के संसार मन्दीमा छ ? मेरो जवाफ हो–हो संसार मन्दीमै छ ।’ उनले सन् २०१२ देखि नै उनी मानिसहरुलाई सचेत गराउने प्रयास गरिरहेका बताएका छन् । कियोसाकीले प्रश्न गरेका छन्, ‘के सिक्न र परिवर्तन गर्न अब धेरै ढिला भइसक्यो ?’

उनले आफैं उत्तर दिदैं भनेका छन्, ‘हैन । तपाईहरुसँग अझ धेरै समय छ र समय सँधै तपाईको लागि एक अमूल्य सम्पत्ति हो ।’

उनले विश्व अहिले मन्दीमा रहेको कुरा उल्लेख गरेका छन् । विश्वमा महँगी बढ्दै गएको र बेरोजगारीको संख्या पनि बढीरहेको उनले सामाजिक सञ्जालमार्फत भनेका छन् ।  

‘‘के यो मन्दीले तपाईलाई धनी बनाउनेछ वा गरिब ? निर्णय तपाईको हातमा छ र तपाईको शिक्षा निःशुल्क पनि हुन सक्छ’ उनले लेखेका छन्, ‘सावधान रहनुहोस्, यो मन्दीलाई आफ्नो जीवनकै सबैभन्दा राम्रो अवसर बनाउनुहोस् । यो शक्ति केवल तपाईसँग मात्रै छ ।’  

कियोसाकीको यो विचारहरुले अहिले विश्वव्यापी मन्दीप्रति चिन्ता झन बढाइदिएको छ ।    

साथै, कियोसाकीले मानिसहरूलाई सही वित्तीय ज्ञान हासिल गर्न र भ्रामक वित्तीय सल्लाहकारहरूबाट सावधान रहनुपर्ने कुरा पनि उल्लेख गरेका छन् । उनले सही शिक्षा र तयारीको माध्यमबाट कुनै पनि आर्थिक संकटको सामना गर्न सकिने कुरा पनि सुझाव दिएका छन् ।

 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.