काठमाण्डौ । प्रभु हेलिकप्टर लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले १०० रुपैयाँ अंकित मूल्य दरको ६१ करोड २५ लाख रुपैयाँ बराबरको आइपीओ जारी गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ ।
कम्पनीले गत चैत २० गते बोर्डमा निवेदन पेश गरेको हो । बोर्डबाट स्वीकृति पाएमा कम्पनीले ६१ लाख २५ हजार कित्ता सेयर जारी गर्नेछ ।
कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।