काठमाण्डौ। यो साता सेयर बजार समग्रमा ५२.०३ अंकले बढ्यो । बजार बढ्दा यो साता लगानीकर्ताले एउटै कम्पनीबाट ४६ प्रतिशतसम्म आर्जन गरेका छन् ।
नेपाल माइक्रो इन्स्योरेन्सका लगानकिर्ताहरुले एक साताको अवधिमा ४६.३७ प्रतिशत कमाएका छन् ।
यस्तै क्रेप्ट माइक्रो लाइफ इन्स्योरेन्सका लगानीकर्ताले ४६.३२ प्रतिशत , कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताहरुले ३०.६३ प्रतिशत , सुपर मादी हाइड्रोपावरका लगानीकर्ताले १८.७९ प्रतिशत , ग्रिन डेभलपमेन्टका लगानीकर्ताहरुले १५.४२ प्रतिशत , राधी विद्युतका लगानीकर्ताहरुले १४.३२ प्रतिशत , एचआइडिसिएलका लगानीकर्ताहरुले १३.१२ प्रतिशत , सप्तकोशि डेभलपमेन्ट बैंकका लगानीकर्ताहरुले १२.६२ प्रतिशत , निफ्राका लगानीकर्ताहरुले १२.९१ प्रतिशत र एनआरएन इँन्फास्टक्चरका लगानीकर्ताहरुले ११.८९ प्रतिशत आम्दानी गरेका छन् ।