काठमाण्डौ । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपां)का अध्यक्ष राजेन्द्र लिङ्देन प्रहरी नियन्त्रणमा परेका छन् । लिङ्देन सिहदरबारबाट प्रहरी नियन्त्रणमा परेका हुन् ।
लिङ्देनसहितका नेताहरूले सिंहदरबारभित्रै पर्चा र पम्प्लेटसहित प्रदर्शन गर्ने प्रयास गरेपछि प्रहरीले नियन्त्रणमा लिएको हो ।
उनीहरु संसदीय दलको कार्यालयबाट बाहिर निस्किएर सिंहदरबारबाहिर जाने प्रयास गरेका थिए ।
प्रहरीले उनीहरुको साथबाट पर्चा र पम्लेटहरू पनि नियन्त्रणमा लिएको छ ।