काठमाण्डौ । एसएमएल इसुजुले नोपालका लागी एक मात्र आधिकारीक बिक्रेताको रुपमा लक्ष्मी ग्रुपलाई नियुक्त गरेको छ । जापानी प्रविधिमा आधारीत तथा भारतमा निर्मीत एसएमएल इसुजुले बस तथा ट्रक हरु निर्माण गर्दै आएको छ ।
नेपाली भु–बनोट तथा बजारमा लोकप्रिय तथा प्रभाबकारी मानिने एसएमएल इसुजुका सवारी साधानहरु बिगत लामो समयदेखी लोकप्रिय रहँदै आएको छ ।
एसएमएल इसुजुको आधिकारीक बिक्रेता भए सँगै लक्ष्मी कमर्सियल भेहिकल्सले आक्रमक बजार बिस्तार तथा सुदृढीकरण लागी सदैब तत्पर रहने जनाएको छ ।
लक्ष्मीग्रुप अन्तर्गतको लक्ष्मी कमर्सियल भेहिकल्सले बिगत सात वर्षदेखी एसएमएल इसुजुका सवारी साधन बिक्री गर्दै आएको तथा हाल नेपालमा सातै प्रदेशमा सेल्स तथा सर्भिस सञ्जाल रहेको तथा आगामी दिनमा अंझै बिस्तार गर्दै लैजाने कम्पनीका सेल्स हेड सञ्जय खड्काले बताए ।
खड्काकाले लक्ष्मी कमर्सियल भेहिकल्सले ग्राहकको सहजताको लागीदेशैभर स्पेयर पार्टसको उपलब्धता सुनिश्चित गरिने प्रतिबद्धता जनाए ।
एसएमएल इसुजुको नेपाली बजारमा लाइट तथा मिडियम ट्रक टिप्पर साथै स्कुल बस र स्टाफ बस अन्र्तगत विभिन्न क्षमताका बस र ट्रकहरु उपलब्ध छन् ।
स्कुल बस सेग्मेन्टमा यस ब्राण्डले विगत लामो समयदेखी बजारको अग्रनी स्थानमा रहेको कम्पनीको दाबी छ ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                