काठमाण्डौ । चीनको क्याटएल कम्पनीले सोडियम–आयन ब्याट्रीका लागि नयाँ ब्राण्ड,‘नक्स्ट्रा’ लञ्च गरेको छ । कम्पनीले यो नयाँ ब्राण्डको ब्याट्रीलाई आगामी डिसेम्बर महिनादेखि ठूलो परिमाणमा उत्पादन गर्ने योजना बनाएको छ ।
यसका साथै कम्पनीले ईभी कारका लागि सेकेण्ड जेनेरेशनको फास्ट चार्जिङ ब्याट्री समेत लञ्च गरेको छ ।
क्याटएल सन् २०२१ मा सोडियम–आयन ब्याट्राी लञ्च गर्ने पहिलो अटोमोटिभ ब्याट्री निर्माता बनेको थियो । अन्य ब्याट्री पदार्थको तुलनामा सोडियम सस्तो र प्रयाप्त मात्रामा पाइने गर्छ । यसका साथै यसले ईभी सवारीमा आगलागि हुने जोखिम पनि कम गर्ने गर्छ ।
नक्स्ट्रा ब्राण्डअन्तर्गतको पहिलो उत्पादन सोडियम–आयन ब्याट्री हुनेछ र यसको उर्जा घनत्व १७५ वाट आवर प्रति किलोग्राम हुनेछ । जुन भनेको ईभी सवारीमा प्रायोग भईरहेको लिथियम आइरन फोस्फेट(एलएफपी) ब्याट्री जतिकै हो ।
सोडियम–आयन ब्याट्रीको मुख्य विशेषता भनेको यो एलएफपी ब्याट्राीको तुलनामा सस्तो पर्ने गर्छ । क्याटएलका संस्थापक रोबिन जेङले सोडयम–आयन ब्याट्रीले एलएफपी ब्याट्रीलाई आधिले प्रतिस्थापन गर्ने विश्वास व्यक्त गरेका छन् ।
यसका साथै क्याटएलले सेनजिङको सेकेण्ड जेनेरेशन फास्ट ब्याट्री समेत लञ्च गरेको छ । यो ब्याट्री पाँच मिनेट चार्ज भएमा कार ५२० किमीसम्म कुदन सक्ने जनाइएको छ । यसका साथै चिसो मौसममा १५ मिनेटमा शन्य प्रतिशत चार्जबाट १५ प्रतिशतसम्म पुग्न सक्छ ।
यो वर्ष ६७ युनिटभन्दा बढी नयाँ ईभीमा सेनजिङ ब्याट्री प्रयोग गरिने जनाइएको छ ।
अहिले ६६ देशमा १ करोड ८३ लाख युनिट बढी कारहरुमा क्याटएलका ब्याट्री जडान भईसकेको छ ।