काठमाण्डौ । नेप्सेमा थप दुई कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । नेपाल हाइड्रो डेभलोपर्स र आरएसडीसी लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको हो ।
नेपाल डेभलोपर्सको साधारण सभाबाट पारित भएको ८ प्रतिशत दरको कुल २ लाख ८७ हजार ५५३ कित्ता बोनस सेयर र आरएसडीसी लघुवित्तको ९.५० प्रतिशत दरको कुल ८ लाख ९७ हजार १३३ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
दुई कम्पीनीको कुल ११ लाख ८४ हजार ६८६ कित्ता बोनस सेयर सूचीकृत भएको हो । उक्त सेयर भोलिदेखि नै दोस्रो बजारमा कारोबार गर्न मिल्नेछ ।