आईतवार, श्रावण ११,२०८२ 12:01:15
  • आईतवार, श्रावण ११,२०८२ 12:01:15
Global IME Bank Limited

मुलुकलाई एक वर्षभित्र विकासशील राष्ट्रमा स्तरोन्नती गर्न तयारी गर्नेछौं: अर्थमन्त्री पौडेल

Hyundai Nepal
मुलुकलाई एक वर्षभित्र विकासशील राष्ट्रमा स्तरोन्नती गर्न तयारी गर्नेछौं: अर्थमन्त्री पौडेल
Shivam Cement

काठमाण्डौ । अर्थमन्त्री विष्णु प्रसाद पौडेलले मुलुकको आर्थिक अवस्थामा सुधार ल्याउन कानूनी, संस्थागत र प्रक्रियागत सुधार ल्याइने योजना बनाएका छन् ।  

मन्त्री पौडेलले आर्थिक वर्ष २०८२/८३ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै मुलुकको अर्थतन्त्रलाई गतिशिल तुल्याउन कानूनी, संस्थागत र प्रक्रियागत सुधार गर्न खाँचो रहेको बताएका हुन् ।  

Muktinath Bikas Bank Limited

साथै, उनले आर्थिक क्षेत्रका नियामकीय निकायको भूमिकालाई समेत सुढुढ बनाईने बताएका छन् । अर्थतन्त्र बलियो बनाउनको लागि निजी क्षेत्रको लगानी पबर्द्धन गर्न थप अनुकूलता सिर्जना गर्ने उनले बताए ।  

‘मुलुकलाई सन् २०२६ सम्ममा विकासशील राष्ट्रमा स्तरोन्नती गर्ने गरी आर्थिक सुधार गर्नेछौं’ उनले भने, ‘निजी क्षेत्रको लगानी प्रबर्द्धन गर्दै सन् २०३० सम्ममा दिगो विकास लक्ष्य हासिल गर्न आवश्यक तयारी गरिनेछ ।’

साथै, आर्थिक सुधारका निम्ति उच्चस्तरीय आर्थिक सुझाव आयोगका सुझावहरु क्रमशः कार्यान्वयन गरिने समेत उनले बताए ।

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.