काठमाण्डौ । मन्त्रिपरिषद बैठक स्थगित भएको छ । सोमबार साँझ ६ बजेका लागि बोलाइएको मन्त्रिपरिषद् बैठक स्थगित भएको हो ।
आज बस्ने तय भएको मन्त्रिपरिषद बैठकमा लामो समयदेखि रिक्त रहेको गभर्नर नियुक्त हुने आँकलन गरिएको थियो । तर सत्तारुढ प्रमुख दल नेपाली काङ्ग्रेस र नेकपा एमालेबीच गभर्नर नियुक्तिमा सहमति जुट्न नसक्दा आजको बैठक बस्न नसकेको स्रोतले जनाएको छ । यसले दुई दलबीच गभर्नर नियुक्तिको विषयले नेपाली काङ्ग्रेस र नेकपा एमालेबीच खटपट निम्ताएको छ ।
यसअघि नेपाली कांग्रेस र नेकपा एमालेबीच अर्थशास्त्री तथा कांग्रेस कार्यकर्ता डा. विश्व पौडेललाई राष्ट्र बैंकको गभर्नर नियुक्त गर्ने सहमति बनेको थियो । तर अन्तिम समयमा यो विषयमा कुरामा खटपट आएको जनाइएको छ ।