मंगलवार, असार ९,२०८३ 05:00:47
Bizshala
  • मंगलवार, असार ९,२०८३ 05:00:47
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

हाईड्रो कम्पनीहरुले लकइन नखुल्दै सेयर बेच्ने गरेको खुलासा, २ वटा आईजिन बनाउने विषयले खैलाबैला

Laxmi Sunrise Bank Limited
हाईड्रो कम्पनीहरुले लकइन नखुल्दै सेयर बेच्ने गरेको खुलासा, २ वटा आईजिन बनाउने विषयले खैलाबैला

काठमाण्डौ । पछिल्लो समय धितोपत्र बजार आईजिन अर्थात ‘इन्टरनेसनल सेक्यूरिटिज आइडेन्टिफिकेन नम्बर’को विषयले तात्तिएको छ । धितोपत्र बोर्ड , नेप्से र सीडीएससीमा नयाँ नेतृत्व आएपछि केही नयाँ बिषय पनि आएका छन् । पियोर इनर्जी कम्पनीको सेयर सूचिकरणको विषयमा आइजिनको बिषयले प्रबेश गरेपछि यो विषय विवादमा आएको छ ।  

खासगरि सीडीएससीले बैंक तथा वित्तीय क्षेत्रहरुको हकमा २ वटा नै आईजिन दिने गरेको छ । तर बाँकी रहेका क्षेत्रमा एउटै आईजिन दिने गरेको देखिन्छ । धितोपत्र कारोबार डिम्याट हुन थाले पछि हरेक कम्पनीहरुलाई आईजिन दिने गरिएको छ । यो नम्बर भनेको देशको नामसहित नम्बर दिइएको हुन्छ । जसलाई बोलिचालीमा आईजिन भन्ने गरिन्छ ।  

New Office
CG Motors
Garima Development Bank

यसरी एउटै आईजिन पाएपछि जलविद्युत तथा बाँकी रहेका अन्य समूहका संस्थापकहरुले लक इन अगाडि नै सेयर बेच्ने गरेको विषय पछिल्लो पटकको आईजिन विवादले खुल्न पुगेको छ । केही समय पहिले एक इन्स्योरेन्स कम्पनीको २० करोड भन्दा बढीको सेयर संस्थापकले लक इन खुल्नु भन्दा पहिले नै बेचेको रहस्य पनि खुलेको थियो ।  

धितोपत्र बोर्डले बैंक तथा वित्तीय संस्थाबाहेक कम्पनीहरुको लागि तीन वर्षको लक इन अवधि राखेको छ । सेयर बजारमा लक इन अवधिमा सेयरको मूल्य उच्च मात्रमा बढ्ने गर्छ । यहि मौका छोपेर संस्थापकहरुले एउटै आइजिको फाइदा उठाँउदै सेयर बेच्ने गरेको तथ्य खुल्न पुगेको छ । पियोर इनर्जीका सञ्चालकले २ वटा आईजिन राख्न नमान्नुको कारण यहि रहेको हुन सक्ने सीडीएसीस्थित एक उच्च स्रोतले दाबी गर्यो ।  

अहिले आएर आईजिनको विषयमा विवाद आउनुमा अरु कुनै कारण नरहेको पनि स्रोतलको दाबी रहेको छ । यो विषय धितोपत्र बोर्डदेखि अर्थमन्त्रालयसम्म पुगि सकेको छ । यस विषयमा धितोपत्र बोर्डले नियमानुसार गर्न भनेको छ । तर अर्थ मन्त्रालयले भने अहिले बजेट निमार्णको क्रममा रहेको भन्दै तर्किरहेको पनि स्रोतको दाबी छ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

बजारका अगुवा लगानीकर्ता केशव कोइरला फेसबुक पेजमार्फत भन्छन् ‘कतिपय कम्पनीका प्रमोटरहरुले एउटै नम्बरमा हेराफेरि गरेर लकिङ नखुल्दै सेयर बेचेर भाग्ने गरेका छन् । पन्दाकले राम्रो काम गर्न लागेकी छन,यसको खुलेर समर्थन गर्नु पर्छ ।’

कोइराला एक कम्पनीका स्वतन्त्र सञ्चालक हुन । सर्पको खुट्टा सर्पले नै देख्छ भने जस्तै उनको भनाईमा दम रहेको ब्रोकर हाउसमा भेटिएका लगानीकर्ताहरुको मत रहेको छ । तर सीडीएसीकी प्रमुख कार्यकारी अधिकृत प्रबिणा पन्दकले भने आफूले नियमानुसार नै गर्ने बताउँदै आएकी छन् ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.