मंगलवार, असार ९,२०८३ 01:56:55
Bizshala
  • मंगलवार, असार ९,२०८३ 01:56:55
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

यी दुई बीमा कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Laxmi Sunrise Bank Limited
यी दुई बीमा कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । आज दुई बीमा कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । आज नेशनल लाइफ इन्स्योरेन्स र एनएलजी इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको हो ।  

यी दुवै कम्पनीले लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि जेठ २२ गते बुक क्लोज गर्दैछन् । यसर्थ आजसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरु मात्रै यी दुई कम्पनीले घोषणा गरेको लाभांश प्राप्त गर्न र साधारण सभामा सहभागी हुनका लागि योग्य हुनेछन् ।  

New Office
CG Motors
Garima Development Bank

नेशनल लाइफ इन्स्योरेन्सले गत आवका लागि १० प्रतिशत नगद लाभांश र ५ प्रतिशत बोनस सेयर गरी कुल १५ प्रतिशत लाभांश वितरणको घोषणा गरेको छ । कम्पनीले आगामी असार ५ गते बिहान साढे १० बजे काठमाण्डौको लाजिम्पाटमा रहेको कम्पनीको केन्द्रीय कार्यालयमा ३७ औं वार्षिक साधारण सभा आयोजना गर्दैछ । उक्त सभाबाट अनुमोदन भएपश्चात सेयरधनीहरुलाई लाभांश वितरण गरिनेछ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यस्तै एनएलजी इन्स्योरेन्स कम्पनीले २.५० प्रतिशत बोनस सेयर र ०।१३१५७९ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) प्रस्ताव गरेको छ । लाभांश पारित गर्न कम्पनीले जेठ २९ गते बिहिबारका दिन काठमाण्डौ बालुवाटारमा रहेको आम्रपाली ब्याङक्वेटमा १९ औँ वार्षिक साधारण सभा डाकेको छ । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.