काठमाण्डौ । यो साता सेयर बजार १४.४२ अंकले घट्यो । बजार घटेतापनि यो साता केही कम्पनीका लगानीकर्ताले राम्रो आम्दानी गरेका छन् । यो साता सर्वाधिक कमाउने शीर्ष १० कम्पनीहरुमा अधिकांश जलविद्युत कम्पनी रहेका छन् ।
यो साता सर्वाधिक कमाउने कम्पनीको रुपमा पियोर इनर्जी कम्पनी रह्यो । यो कम्पनीका लगानीकर्ताले एक साताको अवधिमा ६१ प्रतिशतसम्म आर्जन गरे । यस्तै बुटवल पावरका लगानीकर्ताहरुले २१ प्रतिशत , श्री इम्भेष्टमेन्ट फाइनान्सका लगानीकर्ताहरुले २०.८० प्रतिशत र सिनर्जी पावरका लगानीकर्ताहरुले १९.२५ प्रतिशत आर्जन गरे ।
यस्तै रिभर फल्सका लगानीकर्ताहरुले १८.१४ प्रतिशत , चिलिमे हाइड्रोका लगानीकर्ताहरुले १६.५६ प्रतिशत , युनियन हाइड्रो पावरका लगानीकर्ताहरुले १४.७३ प्रतिशत , सानीमा माइ हाइड्रो पावरका लगानीकर्ताहरुले १२.५६ प्रतिशत , हिमालय पावर पार्टनरका लगानीकर्ताहरुले १२.०७ प्रतिशत र दोल्ती पावरका लगानीकर्ताहरुले ११.२७ प्रतिशत कमाए ।