आईतवार, असार २१,२०८३ 07:03:50
Bizshala
  • आईतवार, असार २१,२०८३ 07:03:50
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

अहमदाबाद विमान दुर्घटनामा बाच्न सफल एकमात्रै व्यक्ति भन्छन्, ‘कसरी बाँचे विश्वास नै लागिरहेको छैन’

Laxmi Sunrise Bank Limited
अहमदाबाद विमान दुर्घटनामा बाच्न सफल एकमात्रै व्यक्ति भन्छन्, ‘कसरी बाँचे विश्वास नै लागिरहेको छैन’

काठमाण्डौ । भारतको अहमदाबाद विमान दुर्घटनामा बाच्न सफल एक मात्र यात्रु विश्वास कुमार रमेशले आफू कसरी बाँचे भन्ने विश्वास गर्न नसक्ने बताएका छन् । हिजो अहमदाबादमा दुर्घटना भएको एयर इन्डियाको विमानमा कुल २४२ जना सवार थिए, जसमध्ये २४१ जनाको मृत्यु भएको छ ।

यस दुर्घटनामा बेलायती नागरिक विश्वास कुमार रमेश मात्र बाँचेका यात्रु हुन्। उनी लन्डनका लागि बोइङ ७८७ को सिट ११ ए मा बसेका थिए ।

New Office
CG Motors
Garima Development Bank

उनले भने, ‘म कसरी बाँचेँ भन्ने मलाई अझै पत्यार लाग्दैन। सुरुमा त म मर्छु जस्तो लाग्यो। मैले आँखा खोले, सिट बेल्ट खोलेर विमानबाट बाहिर निस्कने प्रयास गरें।’  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

आफू बसेको विमानको छेउ होस्टेलको भवनमा नपरेको र भुइँ तल्ला नजिकै रहेको रमेशले बताए । ‘मेरो ढोका भाँचिएको थियो र मैले एउटा सानो ढोका देखेँ। मैले विमानबाट बाहिर निस्कने प्रयास गरें,’ उनले भने। रमेशले आफ्नो आँखा अगाडि विमानका चालक दल र यात्रुहरू मरेको देखेको बताए। उनको देब्रे हातमा पोलेको दाग रहेको र तत्काल एम्बुलेन्समा अस्पताल लगिएको समेत उनले सुनाए ।  

शुक्रबार भारतीय प्रधानमन्त्री मोदीले रमेशलाई भेटेका थिए । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.