काठमाण्डौ । सानिमा जीआईसी इन्स्योरेन्स लिमिटेडको बोनस सेयर नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत भएको छ । आज नेप्सेमा कम्पनीको १५ लाख कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
कम्पनीले आर्थिक वर्ष २०८०/८१ का लागि आफ्ना सेयरधनीहरुलाई ७.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३९४७ प्रतिशत नगद लाभांश गरी कुल ७.८९४७ प्रतिशत लाभांश प्रदान गरेको थियो । सोही बोनस सेयर आज नेप्सेमा सूचीकृत भएको हो ।
नेप्सेमा सूचीकृत भएसँगै अब मंगलबारको कारोबारदेखि यो सेयर दोस्रो बजारमा कारोबारमा आउनेछ ।