काठमाण्डौ । रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट क्यापिटल लिमिटेडको सामूहिक लगानी कोष योजनाअन्तर्गतको ‘रिलायबल समृद्धि योजना’का ईकाइहरु नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचिकृत भएको छ ।
आज सोमबार नेप्सेमा रिलायबल समृद्धि योजनाको प्रति इकाई मूल्य रु १० कायम भएको १२ करोड इकाई सूचिकृत भएको हो ।
यससँगै आज नेप्से र रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट क्यापिटलबीच सूचिकरण सम्झौता समेत भएको छ । दोस्रो बजार कारोबारका लागि यो योजनालाई आरएसवाई स्टक सिम्बोल प्रदान गरिएको छ । यससँगै अब यो योजनाका इकाईहरु भोलिदेखि दोस्रो बजारमा कारोबारमा आउनेछ ।