काठमाण्डौ । नेपालका लागि विश्व प्रसिद्ध ब्रान्ड टोटल इनर्जीज् लुब्रिकेन्ट्सको आधिकारिक वितरक, लक्ष्मी ल्युब आयल प्रालिले पहिलोपटक काठमाण्डौ उपत्यका बाहिर दुईपांग्रे र चारपांग्रे सवारी साधनका लागि छुट्टाछुट्टै फ्रि सर्भिस क्याम्प आयोजना गर्न लागेको छ। कम्पनीले सवारीसाधनको दीर्घकालीन सम्भार र इञ्जिन स्वास्थ्यमा जनचेतना फैलाउने उद्देश्यका साथै भैरहवा र बुटवलका स्थानीय ग्राहक, मेकानिक समुदायसँग पनि प्रत्यक्ष सम्पर्क विस्तार गर्ने लक्ष्य राखेको छ।
चारपांग्रे सेवा शिविरः
-स्थानः एडभान्स अटोकेयर, बुटवल
-मितिः असार १२ र १३ गते
-समयः बिहान १० बजेदेखि साँझ ५ बजेसम्म
दुईपांग्रे सेवा शिविरः
–स्थानःधर्मेन्द्र मोटरसाइकल स्पेयर पार्ट्स, भैरहवा
–मितिः असार १९ र २० गते
–समयः बिहान १० देखि साँझ ५ बजेसम्म
शिविरमा सहभागीहरूले आफ्नो सवारीको इञ्जिनको अवस्था निःशुल्क परीक्षण गराउन सक्नेछन्। साथै, टोटल इनर्जीज् ब्रान्डको उच्चगुणस्तरको लुब्रिकेन्ट बारे जानकारी लिन सक्नेछन्। सहभागीसँग लुब्रिकेन्टको सही प्रयोग, इञ्जिन देखभालका टिप्स, र सेवासम्बन्धी सुझावहरू समेत साझा गरिनेछ।यो अवसर ग्राहकहरूको लागि लाभदायक हुने विश्वास कम्पनीले लिएको छ।