काठमाण्डौ । हायात सेन्ट्रिक सोल्टीमोड काठमाण्डौलाई पुनः बिराटनगर किंग्स को आधिकारिक हस्पिटालिटी पार्टनर भएको छ । नेपाल प्रिमियर लिग(एनपीएल)को दोस्रो सिजनका लागि हायात सेन्ट्रिक र बिराटनगर किंग्सबीच पुनः सहकार्य गर्ने सहमति भएको हो ।
यो सहकार्यले खेलकुद र हस्पिटालिटी क्षेत्रको उत्कृष्टतालाई सँगै अघि बढ्ने साझा दृष्टिकोण प्रस्तुत गरेको दुवै पक्षको धारणा रहेको छ । यस सहकार्यको अंश स्वरूप, बिराटनगर किंग्सका खेलाडी, अफिसियलहरू तथा महत्वपूर्ण पाहुनाहरूले प्रतियोगिता अवधिभर प्रिमियम हस्पिटालिटी अनुभव गर्न पाउने छन्।
होटलको सेवामा देखिने निष्ठा र सुस्पष्ट व्यवस्थापनले मैदान बाहिरको समयलाई सहज र सन्तुलित बनाउने विश्वास लिइएको छ।
बिराटनगर किंग्सका व्यवस्थापनले भन्यो, ‘हामी हायात सेन्ट्रिक सोल्टीमोड काठमाण्डौसँग पुनःसहकार्य गर्न पाउँदा खुसी छौं। वहाँहरूबाट गत सिजनमा प्राप्त आतिथ्यता, पेसागत सेवा र समर्पण प्रशंसनीय थियो। यसले हाम्रो टिममा सकारात्मक माहोल सिर्जना गरेको थियो। हामी यो वर्ष पनि सँगै काम गर्न आतुर छौं।’