बुधबार, असार ३२,२०८२ 09:33:38
  • बुधबार, असार ३२,२०८२ 09:33:38
Global IME Bank Limited

मोबाइलमाण्डुले ल्यायो ‘मनसुन धमाका सेल’, सात दिनसम्म ६० प्रतिशतसम्म छुट

Hyundai Nepal
मोबाइलमाण्डुले ल्यायो ‘मनसुन धमाका सेल’, सात दिनसम्म ६० प्रतिशतसम्म छुट
Shivam Cement

काठमाण्डौ । अनलाइन इलेक्ट्रोनिक्स प्लेटफर्म मोबाइलमाण्डुले साउन १ गतेदेखि ७ गतेसम्म ‘मनसुन धमाका सेल’ सञ्चालन गर्ने भएको छ । 

‘अफरको चट्याङ, छुटको बतास !’ भन्ने नारासहित ल्याइएको यो विशेष अभियानमा ६० प्रतिशतसम्मको छुट, ९९९ रूपैयाँमा डेली फ्ल्याश सेल, ट्याब्लेटमा १० प्रतिशत छुट, एउटा किन्दा एउटा फ्री, र १० हजार रूपैयाँ बराबरको गिभअ‍ेवे लगायतका विविध अफरहरू उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ ।

ग्राहकहरूलाई सहज र भरपर्दो किनमेल अनुभव प्रदान गर्ने उद्देश्यसहित सञ्चालन गरिने यो सात दिने अभियानअन्तर्गत २ हजार ४९९ रूपैयाँ भन्दा माथिको खरिदमा निःशुल्क डेलिभरीको सुविधा पनि दिइनेछ । साथै, मोबाइल तथा घरेलु उपकरणमा सजिलो किस्ताबन्दी (ईएमआई) सुविधा पनि प्रदान गरिनेछ ।

Muktinath Bikas Bank Limited

मोबाइलमाण्डुका अनुसार, फेसबुक, इन्स्टाग्राम र टिकटक लगायतका डिजिटल माध्यमबाट गिभअ‍ेवेहरू सञ्चालन गर्ने तथा सहभागी ग्राहकहरूलाई ह्यासट्याग #MonsoonDhamakaSale, #MobileMandu, र #FlashSaleNepal प्रयोग गरी आकर्षक उपहार जित्ने अवसरसमेत प्रदान गर्ने जनाएको छ ।

कम्पनीले ग्राहकहरूलाई mobilemandu.com मा गई छुट, गिभअ‍ेवे, र अन्य अफरहरूको लाभ लिन आग्रह गर्दै मनसुनको यो अवसरलाई बचत र उपहारको मौसमका रूपमा उपयोग गर्न सुझाव दिएको छ ।

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.