काठमाण्डौ । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त त्रैमासमा संस्थाको खुद ब्याज आम्दानी बढेसँगै नाफामा पनि सुधार आएको छ ।
संस्थाले गत आवको चौथौ त्रैमाससम्म ३ करोड ९५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा ८९.९६ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिसम्म संस्थाले २ करोड ८ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको थियो ।
यो अवधिमा संस्थाको खुद ब्याज आम्दानीमा पनि बढेको छ । संस्थाले चौथो त्रैमाससम्ममा १३ करोड २३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ५९.७४ प्रतिशतले बढी हो । अघिल्लो आवमा संस्थाले ८ करोड २८ लाख रुपैयाँबराबरको खुद ब्याज आम्दानी गरेको थियो ।
समीक्षा अवधिसम्म संस्थाले ६ करोड ३ लाख रुपैयाँबराबरको सञ्चालन मुनाफा आर्जन गरेको छ । यस्तै संस्थाको रिजर्भ कोषमा ६ करोड ५७ लाख रुपैयाँ सञ्चित रहेको छ । यो रकम अघिल्लो आवको तुलनामा आकार १४४.६२ प्रतिशतले बढी हो। समीक्षा अवधिसम्म संस्थाको निक्षेप संलकन ४५ करोड ५५ लाख र कर्जा प्रवाह १ अर्ब ९४ करोड रुपैयाँ रहेको छ ।
संस्थाको खराब कर्जा अनुपात घटेको छ । अघिल्लो आवको चौथो त्रैमाससम्म ३.६७ प्रतिशत रहेको खराब कर्जा अनुपात बढेर २.९१ प्रतिशत पुगेको छ ।
समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी(ईपीएस)३४.१७ रुपैयाँ,प्रतिसयर नेटवर्थ १५६.७९ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य १ हजार ७८०.९० रुपैयाँ,मूल्य आम्दानी अनुपात ६४.७८ गुणा र तरलता अनुपात ७.६९ प्रतिशत रहेको छ ।