काठमाण्डौ । साताको दोस्रो कारोबार दिन सेयरबजारमा १६ अर्ब ३२ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक सेयर कारोबार गर्ने टप १० ब्रोकर कम्पनीमा ३ वटाबाट उच्च खरिद भएको छ भने ७ वटाबाट उच्च बिक्री भएको छ ।
उच्च खरिद गर्ने ब्रोकरहरुमा भिजन सेक्युरिटिज, श्रीहरि सेक्युरिटिज र त्रिशक्ति सेक्युरिटिज रहेका छन् ।
त्यस्तै, उच्च बिक्री गर्ने ब्रोकरहरुमा नासा सेक्युरिटिज, सनि सेक्युरिटिज, इम्पेरियल सेक्युरिटिज, अनलाइन सेक्युरिटिज, आर्यतारा इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज, दिपशिखा धितोपत्र कारोबार कम्पनी र डायनामिक मनि म्यानेजर्स सेक्युरिटिज रहेका छन् ।
आज सर्वाधिक सेयर कारोबार गर्ने ब्रोकर कम्पनीमा नासा सेक्युरिटिज रहेको छ । उक्त ब्रोकरबाट मात्रै आज १ अर्ब ८१ करोड ६४ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ । जसमा ८९ करोड २१ लाख रुपैयाँ बराबरको सेयर खरिद र ९२ करोड ४३ लाख रुपैयाँ बराबरको सेयर बिक्री भएको छ ।
