काठमाण्डौ । सिजर्नी पावर डेभलपमेन्ट लिमिटेडले दुईवटा जलविद्युत आयोजनामा लगानी गर्ने भएको छ । कम्पनीले मध्य होङगु खोला ‘ए’ र मध्य होङगु खोला ‘बी’ जलविद्युत आयोजनामा लगानी गर्ने भएको हो ।
कम्पनीको साउन ६ गते बसेको सञ्चालक समितिको १६४ औं बैठकले लगानीसम्बनधी निर्णय गरेको हो । जसअन्तर्गत कम्पनीले मध्य होङगु खोला ‘ए’ को ११ लाख कित्ता सेयरमा ११ करोड र मध्य होङगु खोला ‘बी’ जलविद्युत आयोजनाको १४ लाख कित्तामा १४ करोड रुपैयाँ लगानी गर्नेछ ।
कम्पनीको कुल लगानी २५ करोड रुपैयाँ रहनेछ ।