शुक्रबार, श्रावण ९,२०८२ 08:49:36
  • शुक्रबार, श्रावण ९,२०८२ 08:49:36
Global IME Bank Limited

सपोर्ट लघुवित्तको नाफा १४०% ले बढ्यो, ईपीएस ४१.८१ रुपैयाँ पुग्यो

Hyundai Nepal
सपोर्ट लघुवित्तको नाफा १४०% ले बढ्यो, ईपीएस ४१.८१ रुपैयाँ पुग्यो
Shivam Cement

काठमाण्डौ । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद ब्याज आम्दानी बढेसँगै नाफामा सुधार आएको छ  । संस्थाले गत आवको चौथो त्रेमाससम्ममा ५ करोड ११ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा १४०.६३ प्रतिशतले बढी हो ।  

अघिल्लो आवको चौथो त्रैमाससम्म भने संस्थाले २ करोड १२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  

Muktinath Bikas Bank Limited

संस्थाको खुद ब्याज आम्दानी पनि ६२.९६ प्रतिशतले बढेर १३ करोड ५२ लाख रुपैयाँ पुगेको छ । संस्थाको सञ्चालन मुनाफा पनि बढेको छ । अघिल्लो आवको चौथो त्रैमाससम्म २ करोड ५७ लाख रुपैयाँ रहेको सञ्चालन मुनाफा बढेर ७ करोड ९६ लाख रुपैयाँ पुगेको छ ।  

अघिल्लो आवको चौथो त्रैमाससम्म ३ करोड ५१ लाख रुपैयाँ रहेको संस्थाको रिजर्भको आकार बढेर ८ करोड ५२ लाख रुपैयाँ पुगेको छ । संस्थाको खराब कर्जा अनुपात घटेको छ। संस्थाको खराब कर्जा अनुपात १.८२ प्रतिशतबाट घटेर १.५८ प्रतिशत पुगेको छ ।  

संस्थाले समीक्षा अवधिसम्म ४६ करोड १५ लाख निक्षेप संकलन र १ अर्ब ९२ करोड रुपैयाँबराबरको कर्जा प्रवाह गरेको छ ।  

समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी(ईपीएस)४१.८१ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १६९.६२ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १ हजार ७२५.४६ रुपैयाँ,मूल्य आम्दानी अनुपात ५५.२२ गुणा र तरलता अनुपात २०.३९ प्रतिशत कायम भएको छ । 

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.