शनिबार, श्रावण १०,२०८२ 08:02:58
  • शनिबार, श्रावण १०,२०८२ 08:02:58
Global IME Bank Limited

करिब ३ वर्षको प्रयासपछि भारत र बेलायतबीच व्यापार सम्झौता, भारतमा रक्सी र लक्जरी कार सस्तो हुने

Hyundai Nepal
करिब ३ वर्षको प्रयासपछि भारत र बेलायतबीच व्यापार सम्झौता, भारतमा रक्सी र लक्जरी कार सस्तो हुने
Shivam Cement

काठमाण्डौ । भारत र बेलायतबीच ऐतिहासिक स्वतन्त्र व्यापार सम्झौता (एफटीए)भएको छ । प्रधानमन्त्री नरेन्द्र मोदी र उनका बेलायती समकक्षी केयर स्टारमरको उपस्थितिमा बिहीबार उक्त सम्झौतामा हस्ताक्षर भएको हो । करिब तीन वर्षदेखि यो सम्झौताको वार्ता चलिरहेको थियो ।

यो सम्झौताले दुई देशबीचको व्यापार वार्षिक करिब ३४ अर्ब डलरले बढाउने अपेक्षा गरिएको छ। भारतीय वाणिज्यमन्त्री पियुष गोयल र उनका बेलायती समकक्षी जोनाथन रेनोल्ड्सले सम्झौतामा हस्ताक्षर गरेका छन् ।

Muktinath Bikas Bank Limited

यो सम्झौतासँगै भारतले बेलायतबाट आयात हुने धेरै उत्पादनमा भन्सार छुट पाउनेछ । साथै, भारतमा निर्यात गर्ने व्यवसायलाई पनि ठूलो फाइदा हुने जनाइएको छ। भारत र बेलायतबीचको यो स्वतन्त्र व्यापार सम्झौतासँगै भारतमा धेरै ब्रिटिश उत्पादनहरू सस्तो हुनेछन्। यसले भारतीय उपभोक्तालाई प्रत्यक्ष फाइदा पुग्ने विश्वास गरिएको छ । द्विपक्षीय व्यापारमा पनि ठूलो वृद्धि हुनेछ।  

सम्झौतासँग स्कच ह्विस्की र जिनमा लगाइने आयात शुल्कलाई तत्कालै १५० प्रतिशतबाट घटाएर ७५ प्रतिशतमा झारिनेछ। यसलाई आगामी १० वर्षमा ४० प्रतिशतले घटाइनेछ। यससँगै भारतमा स्कच ह्विस्की र जिन एकदमै सस्तो हुनेछ। बेलायतमा बनाइने लक्जरी कारहरूमा आयात शुल्क १०० प्रतिशत भन्दा बढी घटाएर कोटा संयन्त्र अन्तर्गत १० प्रतिशतसमम घटाइनेछ। यससँगै रोल्स रोयस, जगुआर, ल्यान्ड रोभर जस्ता कार सस्तो हुनेछन् ।

यस्तै सफ्ट ड्रिक्स र कस्मेटिक, मेडिकल सामाग्री,विद्युतीय उत्पादन,जुत्ता,कपडा, आभुषण जस्ता सामाग्री पनि सस्तो हुनेछ ।  

यो सम्झौताले करिब ९९ प्रतिशत भारतीय निर्यातकर्तालाई बेलायतमा भन्सारमुक्त पहुँच प्रदान गर्नेछ। 

धेरै वर्षपछि भएको यो सम्झौताले बेलायती अर्थतन्त्रलाई ४.८ अर्ब पाउण्ड अर्थात् करिब ५६० अर्ब रुपैयाँ फाइदा पुग्ने बेलायत सरकारले आशा गरेको छ । बेलायतबाट आयातमा भारतमा लगाइएको औसत महशुल १५ प्रतिशत थियो, जुन यस सम्झौतापछि घटेर तीन प्रतिशत हुनेछ । कर घटाएपछि बेलायती कम्पनीहरूलाई भारतमा व्यापार गर्ने थप अवसरहरू सिर्जना हुनेछन्।

यसअघि बेलायतबाट भारतमा ह्वीस्की आयातमा १५० प्रतिशत महशुल लाग्ने गरेको थियो, जुन अहिले ७५ प्रतिशतमा झारिएको छ । यस कारणले गर्दा बेलायती कम्पनीहरूले अन्य विदेशी कम्पनीहरूको तुलनामा भारतमा ह्विस्की बेच्ने सन्दर्भमा फाइदा लिन सक्छन्।

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.