काठमाण्डौ । सेयर बजार यो साता पनि बढ्यो । बढ्दो सेयर बजारमा यो साता एउटै कम्पनीबाट ६१ प्रतिशतसम्म आर्जन गरेका छन् ।
यो साता सान्भी इनर्जी र ट्रेड टावरका लगानीकर्ताहरुले करिव ६१ प्रतिशतले आम्दानी गरेका छन् । यस्तै उन्नती सहकार्य लघुवित्तका लगानीकर्ताहरुले ३३.४२ प्रतिशत , विन्ध्यवासिनी जलविद्युतका लगानीकर्ताहरुले २९.१० प्रतिशत , ग्रिन भेन्चरका लगानीकर्ताहरुले २१ प्रतिशत र फष्र्ट माइक्रोका लगानीकर्ताहरुले १९.३५ प्रतिशत आर्जन गरेका छन् ।
यस्तै एनलजी इन्स्योरेन्सका लगानीकर्ताले १८.२१ प्रतिशत , आरएसडीसी लघुवित्तका लगानीकर्ताहरुले १७.५८ प्रतिशत , नेपाल रि इन्स्योरेन्सका लगानीकर्ताहरुले करिव १७ प्रतिशत , कालिक पावरका लगानीकर्ताहरुले पनि करिव १७ प्रतिशत आम्दानी गरेका छन् ।