मंगलवार, श्रावण १३,२०८२ 12:24:20
  • मंगलवार, श्रावण १३,२०८२ 12:24:20
Global IME Bank Limited

विदेशीने सोच बनाउनु भएको छ ? यी देशहरुले दिईरहेका छन् घर खरिद गर्नेलाई नागरिकता

Hyundai Nepal
विदेशीने सोच बनाउनु भएको छ ? यी देशहरुले दिईरहेका छन् घर खरिद गर्नेलाई नागरिकता
Shivam Cement

काठमाण्डौ । पूर्वी क्यारेबियन क्षेत्रका देशहरुले घर किन्ने देश बाहिरका मानिसहरुलाई नागरिकता दिईरहेका छन् । यस क्षेत्रका पाँचवटा देशहरु ,एन्टीगुवा एण्ड बरमुडा, डोमिनिका, ग्रिननाडा, सेन्ट किट्स एण्ड नेभिस र सेन्ट लुसियाना जस्ता देशहरुले २ लाख डलर लगानीमा ‘सिटिजनसिप बाई इन्भेष्टमेन्ट(सीबीआई)’ योजना लागू गरेका छन् ।  

यो क्षेत्रमा घर खरिद गरेर प्राप्त हुने पासपोर्टले बेलायत र युरोपलगायतका १५० भन्दा बढी देशहरुमा भिसा बिनै यात्रा गर्न सक्छन् । धनाढ्यहरुका लागि कर मुक्त र पूँजीगत लाभकरमा छुट जस्ता सुविधा समेत यहाँ प्रदान गर्ने गरिन्छ । यसका साथै खरिदकर्ताहरुलाई हालको नागरिकता कायमै राख्न दिइने सुविधा समेत रहेको छ ।  

Muktinath Bikas Bank Limited

एन्टीगुवामा रियल स्टेट उद्योगलाई माग धान्न धौ–धौ परिरहेको जनाइएको छ । यहाँ सम्पत्ति खरिद गर्ने करिब ७० प्रतिशत जतिले नागरिकता चाहने गरेको यहाँको रियल स्टेट कारोबारीहरु बताउछन् । यसमध्ये अधिकांश अमेरिकी नागरिकहरु रहेको उनीहरु बताउछन् ।  

अमेरिकामा देखा परेको राजनीतिक र आर्थिक अस्थिरका कारण यी क्षेत्रहरुमा बसोवास गर्न चाहने अमेरिकी नागरिकहरुको संख्यामा वृद्धि भईरहेको छ ।  

यस्तै युक्रेन, टर्की र नाइजेरियाका नागरिकहरुबाट पनि सीबीआई आवेदनका लागि माग हुने गरेको छ । सन् २०२४ को चौथो त्रैमाससम्म सीबीआई कार्यक्रमका लागि आवेदन दिनको संख्या १२ प्रतिशतले बढेको छ ।  

डोमिनिका सरकारले पासपोर्ट बिक्रीबाट अहिलेसम्म १ अर्ब डलर जुटाईसकेका जनाएको छ । यहाँ सन् १९९३ देखि यो कार्यक्रम सुरु भएको थियो ।  

सम्पत्ति खरिद गरेर नागरिकता पाउनुका अलावा क्यारेबियन क्षेत्रको नागरिकता पाउने अन्य विकल्प समेत छन् । राष्ट्रिय विकासका लागि २ लाख देखि २  लाख ५० हजार डलरसम्म सहयोग प्रदान गरेर समेत नागरिकता पाइन सकिन्छ । एन्टीगुवामा युनिभर्सिटी अफ वेष्ट इन्डिजलाई २ लाख ६० हजार डलर रहयोग गरेर समेत नागरिकता पाउन सकिन्छ ।  

अहिले पासपोर्ट बिक्रीले क्यारेबियन क्षेत्रको जीडीपीमा १० देखि ३० प्रतिशतसम्म योगदान पुर्याई रहेका छन् ।  

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.