काठमाण्डौ । नेपालको अटोमोबाइल क्षेत्रमा अग्रणी कम्पनीमध्ये एक जगदम्बा मोटर्स प्रा.लि. ले सन् २०२५ को NAIMA नेपाल मोबिलिटी एक्स्पो मा नयाँ व्यावसायिक विद्युतीय सवारीसाधनहरू सार्वजनिक गर्ने भएको छ। शंकर ग्रुप अन्तर्गत सञ्चालनमा रहेको कम्पनीले Farizon, Chery Wanda र King Long जस्ता चिनियाँ ब्रान्ड अन्तर्गत १४ देखि १९ सिट क्षमताका विद्युतीय भ्यान तथा माइक्रोबसहरू नेपाली बजारमा ल्याउने तयारी गरेको हो।
नेपाल विश्वमै विद्युतीय सवारी प्रयोगमा अगाडि रहेको सन्दर्भमा अहिले निजी सवारीसँगै व्यावसायिक विद्युतीय सवारीसाधनहरूको माग तीव्र रूपमा बढ्दो अवस्थामा रहेको छ। यही प्रवृत्तिलाई सम्बोधन गर्दै, जगदम्बा मोटर्सले टुरिजम, कर्मचारी यातायात तथा सहर–सहरबीचको यातायातका लागि उपयुक्त विद्युतीय भ्यान सार्वजनिक गर्न लागेको हो।
Farizon – १९ सिट क्षमताको प्रिमियम इलेक्टिक भ्यान
Geely Group अन्तर्गतको Farizon ब्रान्डले तयार पारेको १९ सिटर EV भ्यान बोल्ड डिजाइन, शक्तिशाली मोटर, तथा लामो रेञ्ज सँगै नेपाली बजारमा ल्याइएको हो। यस भ्यानमा निम्न विशेषताहरू रहेका छन्:
-१७० किलोवाट क्षमताको मोटर, नेपालका चढावयुक्त भूभागमा सहज संचालन
-८२.८८ kWh को लिथियम ब्याट्री – लामो दूरी यात्रा उपयुक्त
-१९ सिटको फराकिलो सिटिङ्ग स्पेस, टुरिजम तथा अफिस यातायातमा प्रयोगयोग्य
-सबै पांग्रामा डिस्क ब्रेक, एयरब्याग, ABS, EBD, 360° क्यामेरा लगायतका सुरक्षा विशेषता
-मूल्य: रु. ७६,९०,००० देखि सुरु
-ब्याट्री वारेन्टी: ४ वर्ष वा ७ लाख किमी, मोटर वारेन्टी: ५ वर्ष वा २ लाख किमी
Chery Wanda – १४ सिटको माइक्रोबस
CHERY र WANDA जस्ता चिनियाँ ब्रान्डको संयुक्त निर्माण रहेको Chery Wanda माइक्रोबस सस्तो, भरपर्दो र कुशल सवारीको रूपमा प्रस्तुत गरिएको छ। यसको मुख्य विशेषताहरू यसप्रकार छन्:
-५३.५८ kWh CATL ब्याट्री, ३०० किमी NEDC रेञ्ज
-१८० मिमि ग्राउण्ड क्लियरेन्स, सहरभित्र सहज
-मूल्य: रु. ५६.५० लाख
ब्याट्री वारेन्टी: ५ वर्ष वा ३ लाख किमी, मोटर वारेन्टी: ५ वर्ष वा २ लाख किमी
NAIMA 2025 मा Stall D-16 मा प्रदर्शन
यी सबै विद्युतीय व्यावसायिक सवारीसाधनहरू NAIMA Nepal Mobility Expo 2025 मा Hall D, Stall D-16 मा अवलोकन गर्न सकिनेछ। साथै, एक्स्पो अवधिमा बुकिङ गर्ने ग्राहकहरूलाई विशेष अफरहरू समेत दिइने जानकारी कम्पनीले दिएको छ।
जगदम्बा मोटर्सका वरिष्ठ उपाध्यक्ष राजु भेटवालका अनुसार, “नेपालको विद्युतीय पारिस्थितिक प्रणालीलाई समृद्ध बनाउन हामी बहुप्रयोगी व्यावसायिक EV समाधान प्रस्तुत गर्दैछौं। यी भ्यानहरू व्यावसायिक चालकहरूको लागत घटाउने, सुविधा बढाउने र वातावरणमैत्री परिवहन प्रणालीलाई सशक्त बनाउने दिशातर्फको ठुलो कदम हो।”