• सोमबार, श्रावण २६,२०८२ 08:56:34
Global IME Bank Limited

लघुबीमकहरुको व्यवसाय २७५.९६% ले बढ्यो, सूचीकृत कम्पनीको कस्तो छ प्रदर्शन ?

Hyundai Nepal
लघुबीमकहरुको व्यवसाय २७५.९६% ले बढ्यो, सूचीकृत कम्पनीको कस्तो छ प्रदर्शन ?
Shivam Cement

काठमाण्डौ । लघुबीमा कम्पनीले गत आर्थिक वर्षमा साढे एक अर्ब रुपैयाँ प्रिमियम संकलन गरेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार ७ लघुबीमा कम्पनीले १ अर्ब ७४ करोड ६४ लाख रुपैयाँ प्रिमियम भित्र्याएका हुन् ।  

यो प्रिमियम अघिल्लो आवको तुलनामा २७५.९६ प्रतिशत बढी हो । आव २०८०/८१ मा लघुबीमा कम्पनीहरुले जम्मा ४६ करोड ४५ लाख रुपैयाँ मात्रै बीमाशुल्क संकलन गरेका थिए ।  

लघुबीमा कम्पनीहरुले पछिल्लो एक वर्षयता आफ्नो शाखा सञ्जाल र कर्मचारी संख्या बढाएर व्यवसाय पनि उल्लेख्य बृद्धि गर्न सफल भएको छ । नेपाल बीमा प्राधिकरणको निर्देशन बमोजिम लघुबीमा कम्पनीहरुले ग्रामिण क्षेत्र तथा स्थानीय निकायहरुसँगको सहकार्यमा लघुबीमा सेवा उपलब्ध गराउँदै आइरहेका छन् ।  

Shivam Cement
Muktinath Bikas Bank Limited

गत आवमा लघुजीवन बीमकहरुले मात्रै ७९ करोड २६ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् । जसमा गार्डियन माइक्रो लाइफले ३१ करोड ५८ लाख, क्रेष्ट माइक्रो लाइफले २९ करोड ३० लाख रुपैयाँ र लिबर्टी माइक्रो लाइफले १८ करोड ३७ लाख रुपैयाँ प्रिमियम उठाएका छन् ।  

जीवन बीमकहरुको व्यवसाय अघिल्लो आवको तुलनामा ३६६.८४ प्रतिशतले बढेको छ । सबैभन्दा बढी गार्डियन माइक्रो लाइफको ६४७.७७ प्रतितशत वृद्धि भएको छ ।  

यता निर्जीवन लघुबीमकहरुले पनि गत आवमा ९५ करोड ३८ लाख रुपैयाँ प्रिमियम संलकन गरेका छन् । यो प्रिमियम रकम अघिल्लो आवको तुलनामा २२३.६१ प्रतिशत बढी हो ।  

सबैभन्दा बढी नेपाल इन्स्योरेन्सले २६ करोड २८ लाख रुपैयाँ प्रिमियम संकलन गरेको छ । साथै, प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले २४ करोड ९३ लाख, स्टार माइक्रो इन्स्योरेन्सले २२ करोड ७४ लाख रुपैयाँ र ट्रस्ट माइक्रो इन्स्योरेन्सले २१ करोड ४२ लाख रुपैयाँ प्रियिमम संकलन गरेका छन् ।  

लघुबीमा कम्पनीहरुमा तीन कम्पनी मात्रै नेप्सेमा सूचीकृत रहेको छ । गार्डियन माइक्रो लाइफ, क्रेष्ट माइक्रो लाइफ र नेपाल माइक्रो इन्स्योरेन्स दोस्रो बजारमा सूचीकृत कम्पनी हुन् । अन्य कम्पनीहरुले आइपीओ निष्कासनको लागि नेपाल धितोपत्रमा निवेदन दिएका छन् ।

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.