IME remit
  • शुक्रबार, श्रावण ३०,२०८२ 10:25:22
IME remit
Global IME Bank Limited

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा ६४% ले वृद्धि, वितरणयोग्य मुनाफा कति ?

Hyundai Nepal
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा ६४% ले वृद्धि, वितरणयोग्य मुनाफा कति ?
Shivam Cement

काठमाण्डौ । खुद ब्याज आम्दानी घटेतापनि इम्पेयरमेन्ट चार्ज रिभर्सल भएसँगै नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफामा सुधार आएको छ । बैंकले गत आवको चौथो त्रैमाससम्म ६ अर्ब ७५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ६४.४४ प्रतिशतले बढी हो ।  

अघिल्लो आवको सोही अवधिसम्म बैंकले ४ अर्ब १० करोड रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको थियो ।  

यो अवधिमा बैंकले १४ अर्ब १२ करोड रुपैयाँबराबरको खुद ब्याज आम्दानी गरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ६.५४ प्रतिशतले कम हो । बैंकको खुद शुल्क तथा कमीशन आम्दानी १ अर्ब ७७ करोड रुपैयाँबाट बढेर २ अर्ब २० करोड रुपैयाँ पुगेको छ । बैंकको सञ्चालन मुनाफा ५८.६७ प्रतिशतले बढेर १० अर्ब १४ करोड रुपैयाँ पुगेको छ ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

बैंकको रिटेन्ड अर्निङ ४९ करोड १३ लाख रुपैयाँ रहेको छ । यस्तै बैंकको रिजर्भको आकार ३२ अर्ब ७४ करोड रुपैयाँबराबर रहेको छ ।  

बैंकको निक्षेप संकलन १७.०९ प्रतिशतले बढ्दै ४ खर्ब ७२ अर्ब र कर्जा प्रवाह पनि ७.०२ प्रतिशतले बढेर ३ खर्ब २६ अर्ब रुपैयाँ पुगेको छ । अघिल्लो आवको चौथो त्रैमाससम्म ५ अर्ब ६९ करोड रुपैयाँ ऋणात्मक रहेको बैंकको वितरणयोग्य मुनाफा ४९ करोड १३ लाख रुपैयाँले धनात्मक बनेको छ । यस्तै बैंकको लाभांश क्षमता १.४४ प्रतिशत पुगेको छ ।  

अघिल्लो आवमा ४.९१ प्रतिशत रहेको खराब कर्जा अनुपात बढेर ५.८५ प्रतिशत कायम भएको छ । बैंकको इम्पेयरमेन्ट चार्ज ५७ करोड ४४ लाख रुपैयाँले रिभर्सल भएको छ ।    

समीक्षा अवधिसम्म बैंकको प्रतिसेयर आम्दानी(ईपीएस) १२.०४ रुपैयाँबाट बढेर १९.८० रुपैयाँ पुगेको छ । यस्तै प्रतिसेयर नेटवर्थ १९७ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १ हजार ६५७ रुपैयाँ र पीई रेसियो ११.६७ गुणा कायम भएको छ । 

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.