IME remit
  • शुक्रबार, श्रावण ३०,२०८२ 11:59:58
IME remit
Global IME Bank Limited

आम्दानी घटेसँगै सान्भी इनर्जीको नाफामा ६७% को गिरावट

Hyundai Nepal
आम्दानी घटेसँगै सान्भी इनर्जीको नाफामा ६७% को गिरावट
Shivam Cement

काठमाण्डौ । सान्भी इनर्जी लिमिटेडको नाफामा ६७.६१ प्रतिशतको गिारवट आएको छ । कम्पनीले गत आवको चौथो त्रैमाससम्म २ करोड ७६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवमा  भने कम्पनीले ८ करोड ५३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  

कम्पनीले २१ करोड १५ लाख रुपैयाँ आम्दानी गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा २२.०२ प्रतिशतले कम हो । अघिल्लो आवमा कम्पनीको आम्दानी २७ करोड १२ लाख रुपैयाँ थियो । कम्पनीको वित्त खर्च भने घटेको छ । अघिल्लो आवमा १० करोड १ लाख रहेको वित्त खर्च घटेर ९ करोड २५ लाख रुपैयाँमा सीमित बनेको छ ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

८८ करोड रुपैयाँबराबरको चुक्तापूँजी भएको कम्पनीको रिजर्भमा १२ करोड २८ लाख रुपैयाँ सञ्चित रहेको छ । चौथो त्रैमाससम्म कम्पनीको कुल चालु सम्पत्ति २४ करोड २२ लाख र कुल चालु सम्पत्ति २२ करोड ५० लाख रुपैयाँ रहेको छ ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी ३.१४ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ११३.९६ रुपैयाँ र तरलता अनुपात १.०८ प्रतिशत कायम भएको छ । 

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.