काठमाण्डौ । सिद्धि बिनायक स्न्याक्स एण्ड नुडल्स प्रालिको उत्पादन गज्जबको पिरो चाउचाउ अब रु.५० मा पनि उलपब्ध हुने भएको छ । हालसम्म गज्जबको पिरो चाउचाउ रु. २० मा प्रतिप्याकेट उपलब्ध हुँदै आएको थियो । उपभोक्ताको बढ्दो मागलाई ध्यानमा राख्दै कम्पनीले आजदेखि नयाँ तथा ठुलो प्याकेट, १२० ग्रामको गज्जबको पिरो चाउचाउ रु. ५० मा बजारमा उपलब्ध गराएको हो ।
यस नयाँ प्याकेटमा उपभोक्ताले स्वादिष्ट कोरियन किम्ची स्वादको अतिरिक्त आनन्द लिन सक्नेछन् । कम्पनीका अनुसार यो उत्पादन अहिले बजारमा पाइने अन्य चाउचाउहरू भन्दा अझ उत्कृष्ट, परिष्कृत र उपभोक्तामुखी छ भन्ने कम्पनीतको दाबी छ ।