काठमाण्डौ । यो वर्षको नाडा अटो शोलाई अझ विशेष बनाउन सेरेसले केवल प्रदर्शनी अवधिभर लागूहुने गरी आफ्नो विशेष 3X अफर ल्याएको छ। ग्राहकलाई बढी मूल्य र निश्चिन्तता दिने उद्देश्यले ल्याइएको यो अफरले सेरेसको स्वामित्वलाई अझ सजिलो र लाभदायी बनाउँने कम्पनीले जनाएको छ ।
यस 3X अफरमा तीन प्रमुख फाइदाहरू समेटिएका छन्: ३ वर्षको सम्पूर्ण बीमा कभरेज, जसले झन्झटरहित स्वामित्व सुनिश्चित गर्छ; ३गुणासम्मको नगद छुट, जसले खरिदलाई अझ किफायती बनाउँछ; र बुकिङ र कमलाई ३गुणाबराबरको फाइदा, जसले खरिद प्रक्रियामा थप लाभ दिन्छ।
ग्राहकले यस अफरमार्फत अधिकतम ६ लाख रुपैयाँसम्मको लाभ लिन सक्नेछन्। यो अफर केवल नाडा अटो शोका लागि मात्र मान्य हुने भएकाले अटोमोबाइल मनपराउनेहरूका लागि सेरेस ब्रान्डका आकर्षक गाडीहरू नजिकैबाट अवलोकन गर्ने यो अनुपम अवसर हुनेछ।